गणपुरक संख्या नपुगेर संसद बैठक स्थगित
२२ फागुन, काठमाडौं । गणपुरक संख्या नपुगेर व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । संसदको बिहीबारको बैठकमा सरकारले पेश गरेको सुपुर्दगी सन्धीसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकमा छलफद भइरहेको थियो । एमाओवादी सभासद रामनारायण विडारीले ध्यानाकर्षण गराएपछि सभामुख सुवास नेम्वाङले गणना गर्न निर्देशन दिए ।
जसमा १ सय २७ सभासद मात्र उपस्थित भएको पाइयो । अन्तरिम संविधानको धारा ५३ अनुसार कुनै पनि प्रस्ताव निणर्ायार्थ पेश हुँदा सदनको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ अर्थात १ सय ४३ सदस्य संसदमा उपस्थित हुनुपर्छ । गणपुरक संख्या नपुगेपछि सभामुखले यो गम्भीर भएको भन्दै ध्यानाकर्षण गराए भने संसदको बैठक २७ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे ।
No comments:
Post a Comment