Under Construction Blog

Tuesday, March 18, 2014

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले बंगलादेशको सामना गर्दै -

४ चैत, काठमाडौं । बंगलादेशमा जारी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेटमा आज नेपालले आयोजक बंगलादेशको सामना गदैंछ । बंगलादेश टेस्ट मान्यताप्रास्त राष्ट्र हो ।

समूह ‘ए’ का सुरुवाती खेलमा सनसनी पूर्ण जीत दर्ता गराएका दुवै टोलीको आजको प्रस्तुती अझै सनसनी पूर्ण हुने खेलप्रेमीको विश्वास छ ।

प्रतियोगिता अन्तर्गत चैत २ गते भएको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराएको थियो ।

दुवै टोलीका कप्तानहरुले आजको खेल दुबैका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

बंगलादेशसँगको खेल चुनौतीपूर्ण रहने भन्दै नेपाली टोलीका कप्तान पारस खड्काले यसलाई डटेर सामना गर्ने बताए । चटगाउँमा सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा कप्तान पारसले भने(’यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’

त्यस्तै बंगलादेशी कप्तान मुसफिकर रहिमले पनि नेपाललाई कम आक्न नसकिने बताएका छन् । रहिमले आफूहरु नेपालजस्तो प्रतिद्वन्द्वी भनेर ढुक्क हुने अवस्थामा नरहेको बताए । नेपाली खेलाडीको राम्रो प्रस्तुती रहेको भन्दै पछिल्लो पटक उनीहरुले खेलेको खेललाई हेरेर नयाँ रणनीति बनाएको उनको दाबी छ ।

खेल साँझ सवा ७ बजेपछि सञ्चालन हुनेछ ।
( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञद्धरण्घरज्ञठठडडडर३कतजबकज।चगपधएलध्क्।मउगा

No comments:

Post a Comment